सिरिया र इरानबीच सैन्य सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
२६ असार २०७७ ०:१६

दमास्कस (एजेन्सी)। सिरिया र इरानबीच सैन्य सहयोग सम्बन्धि एक सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। इरानी सेना चीन् अफ स्टाफ मेजर जर्नेल मोहम्मद बेग्हारीको दमास्कस भ्रमणका क्रममा सो सैन्य सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

बिहीबार इरानी चिफ अफ स्टाफ मेजर जर्नेल र सिरियाली रक्षामन्त्री ली अब्दुल्लाह अयुबले सम्झौतामा हस्ताक्षर गरेका छन्। सो सम्झौतापछि बोल्दै सिरियाली राष्ट्रपति बशर अल असदले यो सम्झौताले दुबैदेशलाई सैन्य क्षमता बढाउन सहयोग पुग्ने बताएका छन्। उनले दुबै देशले मिलेर आतंकवा तथा वैदेशिक हस्तक्षेपविरुद्ध सैन्य कारबाही गर्नेसमेत बताएका छन्।

उता इरानी सेना प्रमुखले यो सम्झौतापछि सिरियाली वायु सेनाको क्षमता बढ्ने बताएका छन्। उनले सिरियाको सावैभौमिकता बचाउनका लागि इरानले सिरियालाई सैन्य सहयोग गर्ने बताएका छन्। उनले इजरायललगाएतका देशबाट सिरियामाथि हुने आक्रमणको इरानी सेनाले प्रतिवाद गर्ने बताएका छन्।

सिरियामा २०११ देखि गृह युद्ध भइरहेको छ। त्यहाँका राष्ट्रपति बशर अल असदको सत्ता च्यूतका लागि शुरु भएको प्रदर्शनले विभिन्न गुटहरुमा सशस्त्र विद्रोहको रुप लिएपछि हाल अमेरिकी र रसियाली सेनासमेत त्यहाँ छन्। राष्ट्र संघको शान्ति प्रयाससमेत असफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *