अमेरिकाको नयाँ नितिले १० हजार नेपाली विद्यार्थी मारमा

डिसी नेपाल
२६ असार २०७७ ७:४१

काठमाडौं। अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम (एसइभिपि) ले सोमबार प्रकाशित गरेको एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको हो । नयाँ भिसा नीतिले अब आउँदो अगस्ट/सेप्टेम्बरको शैक्षिक सत्रमा अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागिता जनाउन पाइने छैन ।

विदेशी विद्यार्थी शैक्षिक संस्थाहरूमा भौतिक रुपमै उपस्थित भई कक्षा लिनुपर्नेछ । विदेशी विद्यार्थीले यो नीति नमाने अमेरिकी सरकारले त्यस्ता विद्यार्थीको भिसा रद्ध गरी स्वदेश फर्काउने नयाँ भिसा नीतिमा उल्लेख छ । कठोर भिसा नीतीका कारण अमेरिकामा स्नातकदेखि विद्यावारिधी अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य नै अन्योलमा परेको छ । याे समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *