पोल्याण्डमा अस्ताए २ नेपाली

डिसी नेपाल
२६ असार २०७७ ११:१७

काठमाण्डौँ । युरोपेली मुलुक पोल्याण्डमा २ नेपालीको मृत्यु भएको छ । गत ७ जुलाइ मंगलबारका दिन पोल्याण्डको छुट्टाछुट्टै शहरमा २ नेपालीको ज्यान गएको एनआरएनए पोल्याण्डले जनाएको छ ।

संघका अनुसार पोल्याण्डको क्राकोव शहरमा बस्दै आएका रुपन्देही मुर्गियाका राजु न्यौपानेको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । हालको बसाइ रुपन्देही भएपनि न्यौपानेको पुर्ख्यौली घर गुल्मी हो । उनी विगत ४ वर्षदेखि पोल्याण्डमा बस्दै आएका थिए । संघले उनको मृत्यु उपचारको क्रममा अस्पतालमा भएको जनाए पनि उनलाई के भएको भन्ने बारेमा केही खुलाएको छैन ।

त्यस्तै एनआरएनए पोल्याण्डले सोही दिन पोल्याण्डबासी अर्का नेपालीको पनि मृत्यु भएको जनाएको छ । मृतक न्यौपानेको दाहसंस्कार गरी नसक्दै फेरि अर्का युवाको मृत्यु भएको संघले जनाएको छ । मंगलबार नै बिराटनगर, मोरङका रमेश ढकालको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

ढकालको मंगलबार बेलुका भिगोर प्लाण्ट केयर थेराप्युटिक लेजिवोनोवोमा निधन भएको संघले जनाएको छ । उनी विगत लामो समयदेखि पोल्यान्डमा थिए । उनको मृत्युकाे कारणबारे पनि संघले केही खुलाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *