कास्कीको कमलपोखरी तालमा बाढी, नजिकका २० घर डुवानमा
पोखरा । कास्कीको कमलपोखरी तालमा बाढी आउँदा ताल नजिकै रहेका २० वटा घर डुबानमा परेका छन्।
लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नम्बर १३ मा पर्ने तालमा बाढी आउँदा नजिकै बनेका २० वटा घर डुबानमा परेका हुन् ।
विभिन्न स्थानबाट आएको भेल र बर्षाका कारण फुटेका मुलहरु एकत्रित भएर कमलपोखरीमा झरेपछि पानीको वहाव बढेर बस्डी डुबानमा परको हो । पोखरा महानगरपालिका–१३ का वार्ड अध्यक्ष लेख बहादुर तामाङले भने ।
जमिनको सतह होचो भएको र कमलपोखरी तालबाट निस्कने पानीको निकास पनि सानो हुँदै गएकाले वस्ती डुवानमा परेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment