उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो

डिसी नेपाल
२६ असार २०७७ १८:४०

काठमाडौं। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा गत २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छ।

काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरका १ जना गरी ४२ जनामा कोरोना पुष्टि भएको हो। वागमती प्रदेशमा भएका जम्मा ५१संक्रमित मध्य ४२ जना काठमाडौं उपत्यकाका भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा ५१, प्रदेश २ मा २०, कर्णालीमा १५, गण्डकीमा १३, प्रदेश ५ मा १२, प्रदेश १मा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ रहेको छ। यस्तै, ८ हजार ११ जनाले कोरोना जितेर घर फर्किएका छन्।

अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९ सय १० जना रहेको डा. गौतमले जानकारी दिए। यस्तै, ८ हजार ६ सय ३ जनाको देशका विभन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *