भारतीय न्यूज च्यानल बन्द गरेकोमा सरकारले दियो धन्यावाद
काठमाडौं। नेपाली केवल सेवाप्रदायक संस्थाले नेपालमा भारतीय न्यूज च्यानल बन्द गरेकोमा नेपाल सरकारले धन्यावाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वतःस्पुर्तरुपमा भारतीय न्यूज च्यानल बन्द गरेकोमा धन्यावाद दिएको हो।
भारतीय समाचार च्यानलहरुले नेपाल सरकारका र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनर्गल समाचार प्रशारण गरेपछि बिहीबार बेलुकाबाट केवल सेवाप्रदायक संस्थाहरुले स्वतःस्फुर्त नेपालमा भारतीय न्यूज च्यानल बन्द गरेका छन्।
सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा आम सञ्चार माध्यमहरुले पत्रकारिताको आचार संहिता मान्नुपर्ने भन्दै देशको शान्ति सुरक्षामा खलल पार्ने, राष्ट्रिय समवेदनामा आँच आउने खालका समाचार प्रकाशित गर्न नहुने उल्लेख गरिएको छ।
नेपालले नयाँ नक्सा जारी गरेयता भारतीय सञ्चार माध्यमहरुले नेपालविरुद्ध आधारहीन तथ्यहीन काल्पानिक समाचारहरु प्रशारण गर्दै आएका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment