प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघ मात्र : नेता पौडेल

डिसी नेपाल
२७ असार २०७७ १८:३४

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको भर्चुअल बैठकमा नेता पौडेलले ओलीले राष्ट्रियताको मुद्दालाई कागजी बाघ मात्र बनाएको बताए ।

उनले प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए । वार्ता गर्ने बेलामा गालीगलोचमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको नेता पौडेलले आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाई थियो ।

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे । उनले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे । उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *