आज घट्यो सुन

डिसी नेपाल
२८ असार २०७७ ११:२९

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ थोरै घटेको छ । शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको सुन आज थप एक सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेपनि आज चाँदीको भाउ स्थिर छ । आज चाँदी प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *