नेपाल आयल निगमले पाँच वर्षमा कमायो ५२ अर्ब

डिसी नेपाल
२८ असार २०७७ १६:४२

काठमाडौं । नेपाल आयल निगमले पाँच वर्षयता ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षमा भने करिब ११ अर्ब रुपैयाँ नाफा कमाएको निगमले जनाएको छ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा १० अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको बताएको हो । निगमले गत वर्ष ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्ष सकिने अझै केही दिन बाँकी भएकाले नाफा ११ अर्ब रुपैयाँ पुग्ने निगमको अनुमान छ।

नेपालमा स्वचालित मुल्य प्रणाली जडान गरेपछि भारतमा पेट्रोलियम पदार्थको मुल्य बढ्दा नेपालमा पनि बढ्ने हुँदा निगमले घाटा व्यहोर्नुपरेको छैन । विगतमा भारतमा पेट्रोलियमको मुल्य बढेपनि सवैतिर मुल्यबृद्धिको विरोध हुने र आफ्नो सरकार अलोकप्रिय हुने भन्दै राजनीतिक नेतृत्व मुल्य बढाउन नमान्दा निगम घाटामा जाने गरेको थियो।

विश्वभर पेट्रोलको मूल्यमा कमी आएपनि नेपाल आयल निगमले भने पेट्रोलको मूल्य घटाएको थिएन । मुल्यबृद्धि हुँदा स्वचालित मुल्य भन्दै पेट्रोलियम पदार्थको मुल्य बढाउने गरेपनि विश्व बजारमा ५० प्रतिशत भन्दा बढीले मुल्य घट्दा निगमले भने मुल्य घटाएको थिएन । मुल्य नघटाउदा भएको नाफाका कारण नै निगमको नाफामा बृद्धि भएको हो ।

तर, पत्रकार सम्मेलनमा भने निगमले चालु आवमा ५ पटक मूल्यवृद्धि गरेको थियो । ५ पटक नै मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७२/७३ मा निगमले १९ अर्ब ३६ करोड नाफा आर्जन गरेको थियो । सो बर्ष निगमको इतिहासमा नै सबैभन्दा बढी नाफा हो । आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी निगमले आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *