भारतीय मिडियाको समाचारप्रति असन्तुष्ट नेपालले भारतलाई पठायो कुटनीतिक पत्र

डिसी नेपाल
२८ असार २०७७ १९:३७

काठमाडौं। भारतीय सञचार माध्यमहरुले नेपाल र नेपालका प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक समाचार सामाग्री प्रशारण गरेपछि असन्तुष्ट बनेको नेपालले कुटनीतिक पत्र बठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आइतबार दिल्लीस्थित नेपाली राजदूतावास मार्फत भारतीय विदेश मन्त्रालयलाई पत्र पठाइएको हो।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितो नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपालप्रति लगातार दुष्प्रचार गरिरहेका छन्। भारतीय सञ्चार माध्यमहरुको यस्तो रवैयाप्रति विरोध जनाउँदै नेपालका केवल अपरेटरले स्वतःस्फुर्त रुपमा केही भारतीय समाचार च्यानलहरु बन्द गरिदिएका छन्।

हालै भारतीय समाचार च्यानल जी न्यूज झारखण्ड बिहारले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक सामाग्री प्रशारण गरेको थियो। नेपालमा त्यसको विरोध भएपछि सो च्यानले माफिसमेत मागिसकेको छ।

नेपालले आइतबार पठाएको कुटनीति पत्रमा भारतीय सञ्चार माध्यमहरुले पूर्वाग्राही भएर तथ्यहीन समाचार दिएको भन्दै त्यस्ता सञ्चार माध्यमविरुद्ध कारबाही गर्न र आगामी दिनमा यस्तो नहोस भन्ने सुनिश्चितता गर्न ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *