आचार्य र खनालले साझा पार्टी त्यागे
काठमाडौं। साझा पार्टीका प्रवक्तासमेत रहेका सूर्यराज आचार्य र सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागेका छन्। आइतबार बसेको पार्टीको बैठकमा उनीहरुले पार्टी त्याग्ने बताएपछि साझा पार्टीले उनीहरुको विदाइसमेत गरेको छ। केन्द्रीय समितिको बैठकले दुई नेताहरुलाई योगदानका लागि धन्यवाद दिने प्रस्तावसमेत पारित गरेको एक नेताले जानकारी दिए।
पार्टी संयोजक रविन्द्र मिश्रसँग लामो समयदेखि मतभिन्नता राख्दैका आर्चाय र खनालले पार्टी नै त्यागेका हुन्। पछिल्लो विवाद पार्टीले लिने एकीकरण र ध्रुविकरणको नीतिमा देखिएको थियो। एकीकरण र धु्रविकरणको नीति पारित हुने देखेपछि यसको विरोधमा रहेका दुई नेताले पार्टीं छाडेको एकनेताले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment