नेपालका नेताले सत्ताका लागि भारतसँग स्वाभिमानको सम्झौता गरेका छन् : चन्द्र भण्डारी
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालमा व्यवस्था परिवर्तन भएपनि नेतृत्व परिवर्तन नहुँदा समस्या भएको बताएका छन्। उनले नेपालमा एउटा राजा फालेपनि हजारौं राजा रहेको उल्लेख गर्दै नेपालमा चारसय भिआईपी रहेको बताए। नेपालमा जति भिआईपी विश्वका कुनै पनि मुलुकमा नभएको उनको तर्क छ।
मुलुकमा धेरै नेता भएको र उनीहरुले ब्रम्हनालमा नपुगेसम्म पद नछोड्नाले पनि मुलुकको उन्नति नभएको नेता भण्डारीले बताए। ‘अब नेताहरुले आफूले निश्चित अवधिमा आफूले पद छोड्ने र आफ्ना उत्तराधिकारी बनाउने विषयमा सोच्नुपर्छ,’ भण्डारीले डिसी नेपालसँग भने, ‘उमेर भन्दा पनि राष्ट्रिय मुद्दामा जसले बोल्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्छ। राष्ट्रिय मुद्दामा शोकसभामा जस्तो मौन धारण गर्ने र बाहिर गएर ठूला कुरा गर्नेलाई जिम्मेवारीमा ल्याउनु हुँदैन।’
राष्ट्रिय मुद्दा बोक्ने पुराना नेतापनि जवान हुने उनको तर्क छ। ‘नेता त्यस्तो होस जसलाई मतदाताले पनि प्रत्येक पार्टीमा राष्ट्रियताका पक्षमा बोल्ने नेताहरुलाई प्राथमिकता दिँदै जाने हो भने स्वतः नयाँ नेतृत्व आउन सक्छ,’ उनले भने।
नेपालका अधिकांश नेताले सत्ताका लागि भारतसँग स्वाभिमानको सम्झौता गरेको दाबी गर्दै नेता भण्डारीले भने, ‘युरोपियनसँग धर्म र संस्कृतिका लागि, ह्विस्की, पैसा र विदेश भ्रमणका लागि सत्ताबाजी गरेका छन्। यसरी हेर्दा नेपालको नेतृत्व अत्यन्त कमजोर हो। यहाँ सिंहदरबारलाई भन्दा अन्य दरबारलाई महत्व दिन थालियो। त्यही कारणले भारतले नेपाललाई हेप्न थालेको हो।’
नेता भण्डारीसँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकाे भिडियाे संवाद :
No ads found for this position

डिसी नेपाल
Facebook Comment