आज फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

डिसी नेपाल
२९ असार २०७७ ११:०३

काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । आइतबार तोलामा एक सय रुपैयाँ घटेको सुन आज प्रतितोला २ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको भाउ ९१ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ९९० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन ९२ हजार १ सय, तेजावी सुन ९१ हजार ६६० रुपैयाँ र चाँदी ९८० रुपैयाँ प्रतितोला कारोबार भएको थियो । आज चाँदीको भाउ आइतबारको तुलनामा तोलामा १० रुपैयाँ बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *