जसपाद्वारा एमसीसीका बारेमा कुनै पनि धारणा बनाई नसकेको जानकारी

डिसी नेपाल
२९ असार २०७७ १३:२०

काठमाडौं। जनता समाजवादी पार्टीले एमसीसीका विषयमा हालसम्म कुनैपनि धारणा नबनाएको जनाएको छ। पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सोमबार विज्ञप्ति जारी गर्दै कुनैपनि आधिकारीका धारणा बनाइ नसकेको जनाएका हुन्।

‘विभिन्न सञ्चार माध्याममा आएका समाचाहरु भ्रामक हुन’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पार्टीलाई बदनाम गराउने उद्देश्यले प्रशार र प्रकाशन गरिएका समाचार प्रति पार्टी घोर निन्दा तथा विरोध गर्दछ।’

एमसीसीका सम्बन्धमा पार्टीभित्र आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा पार्टीले हाल कुनै निर्णय गरेको छैन्।’

पार्टीले गलत र भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न समेत सम्पूर्णमा अनुरोध समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *