प्रधानमन्त्रीको चिन्तन प्रणाली स्वस्थ देखिन्न, छाडा छोड्नु खतरनाक हुनेछः बाबुराम

डिसी नेपाल
३० असार २०७७ ८:४७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गरेको अयोध्यासम्बन्धी दावीप्रति प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीको चिन्तनप्रणाली स्वस्थ नदेखिएको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्रीलाई यत्तिकै छाडा छोड्नु खतरनाक हुने समेत टिप्पणी गरे । सोमबार भानु जयन्तिमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले वास्तविक अयोध्या नेपालमा भएको र भगवान राम नेपाली भएको दावी गरेका थिए । उनले भगवान राम दक्षिणी नेपालको ठोरीमा जन्मिएको दावी पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीको यो दावीप्रति प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन् – ‘अति गरे खति हुन्छ भन्छन् !प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *