नेकपा विवादमा चित्रबहादुरको टिप्पणी : ‘नाम सुब्बिनी, के लगाएर उभिने’ (भिडियो)

डिसी नेपाल
३० असार २०७७ ९:४५

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना महामारीबाट जनतालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा छलफल गर्नु पर्ने बेलामा सत्तारुढ दलका नेता पद र भागवण्डाका विषयमा विवाद गरेको टिप्पणी गरेका छन्।

सत्तारुढ दल नेकपाभित्र देखिएको शक्ति संघर्षतर्फ संकेत गर्दै अध्यक्ष केसीले कोरोना महामारी र बेरोजागरीबाट जनतालाई मुक्ति दिनुपर्ने बेलामा नेकपा पद र भागण्डामा अल्झिएको बताए।

उनले नेकपाको जारी स्थायी कमिटी बैठकको ढाँचा हेर्दा उनीहरुलाई कम्युनिष्ट भन्न नसुहाउने उनले जनाए।

‘उनीहरुले आफूलाई लेलिलवादी संगठनात्मक ढाँचा पनि भन्ने, जनवादी केन्द्रीयताको कुरा पनि गर्ने तर बैठकमा बोल्न नपाइ सांसरभरका संचारमाध्यममा त्यो कुरा आइहाल्ने?,’ केसीले भने, ‘ पदको लागि लडाइँ बुर्जुवाहरुले गर्छन, अहिले नेकपाका नेताहरुले पनि पदको लागि झगडा गरिरहेका छन्। नेकपाभित्रको मुख्य विवाद ओलीजीले पार्टीलाई जसरी व्यवस्थित तरिकाले लैजानुपथ्र्यो, त्यो गर्न नसकेका कारण पनि विवाद देखिएको हो।’

उनले नेकपाभित्रको अहिलेको स्थिति ‘नाम सुब्बीनी, के लगाएर उब्बिने’ भन्ने जस्तो देखिएको टिप्पणी गरे।

‘वर्तमान सरकारले ल्याएको बजेटलाई अध्ययन गर्दा संविधानमा उल्लेख गरिएको समाजवाद उम्मुख भन्ने कुरा व्यवहारमा देखिएको छैन,’ उनले भने, ‘यसअघिका सरकारले ल्याएकै बजेटलाई निरन्तरता दिएको छ। यस्तो अवस्थामा यो कम्युनिष्ट सरकारले ल्याएको बजेट भन्न सुहाउने खालको छैन।’

केसीसँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *