दक्षिणी चीन सागरबारे अमेरिकाको ठूलो घोषणा, चीन भड्किने निश्चित
काठमाडौं। अमेरिकाले दक्षिणी चीन सागरबारे ठूलो घोषणा गरेको छ । अमेरिकाले दक्षिणी चीन सागरमा चीनले गर्दै आएको दावीलाई गैरकानुनी भन्दै अस्वीकार गरेको छ । ट्रम्प प्रशासनले सोमबार ठूलो नीतिगत निर्णय गर्दै दक्षिणी चीन सागरमा चीनको दावीको कुनै कानुनी आधार नभएको र यस क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्नो आधिपत्य थोपर्न नसक्ने बताएको छ । अमेरिकाले २१ औं शताब्दीमा चीनको आक्रामक दृष्टिकोणको लागि कुनै स्थान नभएको बताएको सीएनएनको रिपोर्टमा जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने ‘विश्वले बेइजिङलाई दक्षिणी चीन सागरलाई आफ्नो समुद्री साम्राज्य बनाउन दिने छैन । अमेरिका आफ्ना दक्षिण पूर्वी एसियाका सहयोगी देशहरुको साथमा छ र अन्तर्राष्ट्रिय कानुन अनुसार उनीहरुको सम्प्रभुता र संसाधनमा उनीहरुको अधिकारको सुरक्षा गर्नेछ । अमेरिका दक्षिण चीन सागर वा कुनै पनि अन्य ठूला इलाकामा शक्तिको बलमा कब्जाको हरेक प्रयासलाई अस्वीकार गर्दछ र समुद्री षेत्रको सुरक्षामा अन्तर्राष्ट्रिय समुदायको साथमा छ ।’
अमेरिकाको यो घोषणापछि चीनको पनि प्रतिक्रिया आएको छ । चिनियाँ दूतावासका प्रवक्ताले भने ‘अमेरिकाले दक्षिण चीन सागरको विषयमा दिएको बयानमा जानीजानी तथ्यहर तोडमरोड गरिएको छ र क्षेत्रमा स्थिति बढाइचढाइ पेश गरिएको छ । यो चीन र अन्य देशहरुबीच विवाद उत्पन्न गराउने प्रयास हो र हामी यसको कडा विरोध गर्दछौं ।’ दक्षिण चीन सागरमा चीनसँग भियतनाम, इण्डोनेशिया, मलेसिया, ब्रुनाइ, फिलिपिन्स र ताइवानको विवाद छ । नाइन ड्यास लाइनको नामबाट चिनिने यस क्षेत्रमा चीनले आफ्नो दावी पेश गर्दै आइरहेको छ र आफ्नो दावी बलियो बनाउन यहाँ कृत्रिम द्वीप बनाइरहेको छ ।
चीनले विगत केही दिनमा यस क्षेत्रमा आफ्नो जलसेनाको उपस्थिति बढाइरहेको छ जसबाट दक्षिण चीन सागरमा तनाव बढिरहेको छ । पोम्पियोले भने ‘चीनले गैरकानुनी तरिकाले समुद्री क्षेत्रमा दावी गर्न सक्दैन चाहे त्यो स्कारबरो रीफ होस् वा स्पार्टली द्वीपमा विशेष आर्थिक क्षेत्र ।’ पोम्पियोले स्पार्टली द्वीपमा १२ नटिकल माइल भन्दा बाहिरको क्षेत्रमा चीनको दावी अमेरिकाले अस्वीकार गर्ने बताए । यसका अलावा मलेसियाबाट ५० नटिकल माइल र चीनको समुद्री तटबाट १ हजार नटिकल माइल टाढा रहेको जेम्स शोलमा चीनको दावी पनि गैरकानुनी भएको अमेरिकाले बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment