लण्डनमा अन्धाधुन्ध तरवार प्रहार, एक जनाको मृत्यु चार जना घाइते

डिसी नेपाल
१९ वैशाख २०८१ १०:१९

काठमाडौं । लण्डनमा मंगलबार बिहान एक व्यक्तिले कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गरेका छन् । प्रहरीका अनुसार घटनामा ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक १४ वर्षीय बालक पनि रहेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य चार जना घाइते हुनेमा दुई जना सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् । सूचना पाएको २२ मिनेटभित्रै आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई उत्तरपूर्वी लन्डनको हेनल्ट क्षेत्रबाट पक्राउ गरेको छ । उनको उमेर ३६ वर्ष रहेको बताइएको छ ।

महानगरीय प्रहरी अधिकारी कमल लुइसा रोल्फले आक्रमणकारी घाइते भएकाले उनीसँग सोधपुछ नभएको बताए ।

आज बिहानै आक्रमणकारी हातमा धारिलो हतियार लिएर हेनोल्टको सडकमा घुमिरहेको देखियो । यसका तस्बिर पनि इन्टरनेटमा भाइरल भएका छन् ।

पीए न्युज एजेन्सीले पनि केही यस्ता तस्विरहरू सार्वजनिक गरेको छ, जसमा प्रहरीले आक्रमणकारीलाई पक्रिरहेको देखिन्छ।

प्रहरीसँगै फरेन्सिक टोली पनि हेनल्टको सडकमा अनुसन्धान गर्न पुग्यो ।

घटनापछि बर्मिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा, राजा चार्ल्स तृतीयले आफ्नो सहानुभुति आक्रमणबाट प्रभावितहरुसंग भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *