सशस्त्रका प्रदेश प्रमुखहरु फेरिए

डिसी नेपाल
३० असार २०७७ १०:५७

काठमाडौं। सशस्त्र प्रहरीले सात वटै प्रदेशका प्रमुख परिवर्तन गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर एकमा सशस्त्र प्रहरी डिआईजी वंशीधर दाहाललाई पठाइएको छ।

यसैगरी प्रदेश नम्बर दुईमा कृष्णभक्त ब्रम्हाचार्य, बागमती प्रदेशमा मन्दिप श्रेष्ठ, गण्डकी प्रदेशमा राजेन्द्र बस्नेत, प्रदेश ५ मा किशोर प्रधान, कर्णाली प्रदेशमा हरिशचन्द्र ठकुरी, सुदूरपश्चिम प्रदेशमा हरिशंकर बुढाथोकी र उपत्यकामा प्रविन श्रेष्ठलाई पठाइएको छ ।

गृह स्रोतका अनुसार सरुवाको निर्णय भएपनि सार्वजनिक भइसकेको छैन। स्रोतका अनुसार सो सम्बन्धि सिफारिस भइसकेको छ। हस्ताक्षर गरेर बुझाउन मात्र बाँकी छ। पत्र बुझाइएसँगै सरुवा प्रक्रियाले औपचारिकता पाउनेछ ।

एआईजी पुष्पराम केसीको कामलाई नियन्त्रण गर्न डिआईजी नरायणदत्त पौडेललाई प्रशासन विभागको डिआईजी बनाएर सरुवा गरिएको छ । केसी प्रशासन विभागमा एआईजी छन् र उनी वर्तमान आईजीपी शैलेन्द्र खनालका विरुद्धमा क्रियाशील भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *