भारतीय संस्थाका प्रतिनिधिसँग मेरो भेट भएको छैन : डा. रिजाल

डिसी नेपाल
३० असार २०७७ १५:३०

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले आफूले कुनै पनि भारतीय संस्थाका प्रतिनिधिलाई नभेटेको जनाएका छन्।

एक भारतीय पत्रिकाको अनलाइन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरुले आफूसँग पनि भेट गरेको समाचार प्रकाशन गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै रिजालले उक्त समाचारमा कुनै सत्यता नभएको दाबी पनि गरेका छन्।

केही समय अगाडि भारतीय संचारमाध्यम डेली पायोनियरले भारतको रिसर्ज एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समंत कुमार गोयल र इन्टेलिजेन्स व्यूरो प्रमुख अरविन्द कुमारले नेपालमा जारी राजनीतिक उतारचढावबीच नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेको उल्लेख गरेको थियो।  नेता रिजालले समाचारमा उल्लेखित व्यक्तिसँग आफ्नो भेट नभएको डा. रिजालले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *