चिनियाँ कम्पनी हुवावेलाई बेलायतको फाइभ जी नेटवर्कमा प्रतिबन्ध

डिसी नेपाल
३१ असार २०७७ ११:०९

लण्डन। बेलायतले चिनियाँ कम्पनी हुवावेलाई आफ्नो देशमा फाइभ जी नेटवर्क संचालनमा प्रतिबन्ध लगाएको छ । हुवावेले बेलायत सरकारको यो निर्णयलाई निराशाजनक भनेको छ । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै बेलायतका मिडिया सचिव ओलिभर डाउडेनले मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले २०२७ सम्ममा दूरसंचार कम्पनीहरुलाई आफूले प्रयोग गरिरहेका हुवावेका उपकरण हटाउन आदेश दिँदै बेलायतको फाइभजी नेटवर्कमा हुवावेलाई प्रतिबन्ध लगाउने घोषणा गरेको बताए ।

अब बेलायतका नेटवर्क अपरेटरहरुले २०२० को अन्त्यपछि हुवावेको फाइभजी उपकरण खरिद गर्न सक्ने छैनन् । २०२७ सम्म हुवावेका सबै उपकरणहरु हटाउन आदेश दिइएको छ । प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि मिडिया सचिव ओलिभर डाउडेनले हाउस अफ कमन्सलाई सम्बोधन गर्दै नेशनल साइबर सेक्युरिटी सेन्टरले बेलायतको सुरक्षालाई हेर्दै फाइभजी नेटवर्कमा हुवावेको उपस्थितिलाई बदल्ने निर्णय गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *