वार्तामा फर्किए ओली–प्रचण्ड, वार्तालाई निरन्तरता दिने सहमति

डिसी नेपाल
३१ असार २०७७ १८:४९

काठमाडौं। सत्तारुढ दल नेकपामा जारी विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए।

उनका अनुसार दुई अध्यक्षबीच वार्तालाई निरन्तरता दिने सहमति भएको छ। बिहीबार पनि दुई अध्यक्षबीच वार्ता हुने उनले बताए।

नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डलगायत उनी पक्षधरले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो। विवाद चर्किरहेकै बेला दुई अध्यक्षबीच वार्ता गर्ने सहमति भएको थियो। यसअघि आधा दर्जन पटक भएका वार्तामा सहमतिको टुंगो भने लाग्न सकेको थिएन।

गएको शुक्रबार यता दुई अध्यक्षबीच पनि वार्ता भएको थिएन्। प्रचण्ड शनिबार चितवन पुगेका थिए। उनी सोमबार काठमाडौं फर्केपछि मंगलबार वार्ताका लागि बालुवाटार पुगेका थिए। तर, मंगलबार प्रधानमन्त्री ओलीले ‘थकाई’ लागेको बताएपछि मंगलबार वार्ता हुन सकेको थिएन। बुधबार उनीहरुबीच वार्ता भएको हो। वार्तामा के कुरा भयो भन्नेबारे भने केही खुलाइएको छैन।

दुई अध्यक्षलाई वार्ताबाटै समाधानको उपाय निकाल्न भन्दै पार्टीको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *