नेपाली बेहुली, भारतीय बेहुला, १५ मिनेटमा भयो बिहे
काठमाडौं। नेपाल र भारतबीच पछिल्लो दिनहरुमा कुटनीति मौनता हुँदा दुई पक्षीय सम्बन्धमा चिसोपना बढेको छ। खासगरी नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसलाई मन पराएको छैन। यो नक्सामा समेटिएका भूभाग नेपालको दार्चुला जिल्लामा पर्छन्। तर, नेपाल–भारत सम्बन्ध भौगोलिक सीमामा मात्र व्याख्या गर्न सकिँदैन। जनस्तरमा पनि नेपाल–भारत सम्बन्ध सदिऔंदेखि प्रगाढ छ।
जुन दार्चुलाको भूमिका लागि नेपाल र भारतबीच सम्बन्ध चिसिएको छ, त्यहि दार्चुलाकै एक बेहुलीको हालै भारतमा बिहे भएको छ। यो समाचारलाई भारतीय सञ्चार माध्यमहरुले पनि राम्रो कभरेज गरेका छन्।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द रहेका बेला भारतको पिथौरागढका बेहुलाले नेपालको दार्चुलाकी बेहुलीसँग बिहे गरेका हुन्। बिहे प्रयोजनका लागि १५ मिनेट अन्तार्राष्ट्रिय सीमासमेत खोलिएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले १५ मिनेटका लागि अन्तर्राष्ट्रिय सीमा खोलिएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘उताको केटाले बिहेका लागि सीमा खोल्न अनुरोध गरेपछि दुबैदेशका अधिकारीबीच छलफल भएर सीमा खोलेका हौं। उताबाट दुईतीन जनामात्र आएका थिए।’
भारतीय सञ्चार माध्यमका अनुसार बिहेपछि बेहुली लिएर बेहुला आफ्नो घर पिथौरागढ फर्किएका छन् र उनले दुबै देशका प्रशासन अधिकारीलाई धन्यवाद दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment