देउवाले महाधिवेश प्रभावित पार्न लागेको पौडेल पक्षको आरोप

डिसी नेपाल
३१ असार २०७७ २०:४०

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्षमा रामचन्द्र पौडेल पक्ष पुगेको छ । पौडेल पक्षले सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी भएको छ।

पौडेल पक्षीय नेताहरुको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा समूहले पार्टी प्रवेशका नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्नुपर्ने सहभागि नेताहरुले बताएका थिए।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु लगायतका नेताहरु सहभागि थिए।

भेलामा सभापति देउवा समूहले आफूसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ। विषेश गरि प्रवासमा रहेका कतिपय आफूसंग असहमत नेता कार्यकर्ताहरुलाई कारवाही गरेर सभपाति देउवा पक्षले तर्साउन खोजेको पौडेल पक्षीय नेताहरुको भनाई छ।

काँग्रेसले पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सिता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसंग असहमति जनएको आरोपमा कारवाही प्रक्रिया अगाडि बढाइएको पौडेल समूहको आरोप छ। सभापति देउवा पक्षले प्रवासमा मात्र नभएर मुलुकभित्र पनि असहमत पक्षलाई तर्साउन लागेको निष्कर्षमा पौडेल पक्ष पुगेको छ। त्यसैगरि विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तीमा लागेकोमा समेत आपत्ती जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *