इरानमा रहस्यमय आगलागी, ७ पानीजहाज जले

डिसी नेपाल
३१ असार २०७७ २२:५५

काठमाडौं । इरानमा एक बन्दरगाहमा रोकेर राखेका ७ जहाजमा आगो लागेको छ। इरानी सरकारी मिडिया रिपोर्टका अनुसार दक्षिणी ईरानको बुशेहर बन्दरगाहको शिपयार्डमा कम्तीमा ७ जहाजमा आगलागी भएको हो।

इराना समाचार एजेन्सीले स्थानिय विपद् व्यवस्थापन संगठन प्रमुखलाई उद्दृत गर्दै आगो नियन्त्रणमा आएको र हालससम्म कुनै नोक्सानको खबर नआएको जनाएको छ। आगो कसरी लाग्यो भन्ने पनि अहिलेसम्म पत्ता लागेको छैन्।

तर यसले इरानमा भएको रहस्यमय घटनालाई झन बढाएको छ। इरानमा केही समय पहिला मिसाईल केन्द्र, पावर प्लान्ट, मेडिकल क्लीनिक र परमाणु केन्द्रमा आगो लागेको थियो।

इरानमा सोमबार एक औद्योगिक केन्द्रमा आगो लागेको थियो। त्यसको एकदिन पहिला एक पेट्रोकेमिल केन्द्र तथा शनिबार एक बिल्डिङमा आगलागि भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *