कोरोनाभाइरसका विषयमा डा. एन्थोनी फाउसीको कडा चेतावनी
काठमाडौं। अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले यदि विश्वभरका देशले सही तरिका नअपनाउने हो भने कोरोनाभाइरसले १९१८ को महामारीको रुप लिने चेतावनी दिएका छन् ।
द गार्डियनका अनुसार जर्जटाउन युनिभर्सिटीमा आयोजित ग्लोबल हेल्थ इनिसिएटिभ वेबिनारमा डा. फाउसीले भने ‘१९१८ मा स्पेनिस फ्लु महामारीका कारण ५ देखि १० करोड मानिस मारिएका थिए । यो विश्वको सबैभन्दा भयानक महामारी थियो । म आशा गर्छु कि यस्तो स्थिति कोरोनाभाइरसको महामारीमा नआओस् । तर, यसले सुरुवात गरिसकेको छ र विश्वभरका देशको लापरवाही र मानवीय व्यवहारले यसलाई अझ गम्भीर बनाइरहेका छन् ।’
डा. फाउसीले अहिले ट्रायलको चरणमा रहेका औषधीहरु एक दिन यो रोग नियन्त्रणमा सफल हुने आशा पनि व्यक्त गरे । डा. फाउसीसँगै वेबिनारमा सहभागी सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का निर्देशक डा. रोबर्ट रेडफिल्डले अमेरिकामा ३४ लाखभन्दा धेरै मानिसहरु कोरोना पोजेटिभ रहेको बताउँदै सबैको जाँच हुन नसकेकोले यो संस्या अझै बढी हुन सक्ने बताए ।
डा. रेडफिल्डले जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनको हवाला दिँदै यदि कुनै औषधी सफल नभएमा कोरोनाभाइरससँग जुध्न अझै २ देखि ३ वर्ष लाग्ने बताए । उनले यो भन्दा खतरनाक २०२१ को सुरुवाती ४ महिना निकै कठिन हुने बताए । जोन हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म १ करोड ३५ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् र १ लाख ३७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment