हजारौं मानिसको कोरोना परिक्षणको नक्कली प्रमाण पत्र दिने अस्पताल सञ्चालक पक्राउ
काठमाडौं । बंगलादेशमा हजारौं मानिसको कोरोना परीक्षण गरेको भन्दै नेगेटिभ रिपोर्टको नक्कली प्रमाणपत्र दिने अस्पताल सञ्चालक पक्राउ परेका छन् । मोहम्मद सहेद नामका अस्पताल मालिक बुधबार बंगलादेशबाट भागेर भारत जान लाग्दा प्रकाउ परेको अन्तर्राष्र्टिय संचारमाध्यहरुले जनाएका छन्।
उनको अस्पतालले कोरोना भाइरस परीक्षण नै नगरी रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र दिने गरेको आरोप लागेको छ । नक्कली प्रमाण पत्रको काण्डमा अहिलेसम्म एक दर्जनभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । सहेदको अस्पताललले १० हजार पाँचसयभन्दा बढी कोरोना भाइरस परीक्षण गरिसकेको छ । जसमध्ये चार हजार दुई सय सक्कली र बाँकी नक्कली भएको बताइएको छ ।
यस किसिमको नक्कली प्रमाणपत्रको कारण विशेषगरी विदेशमा काम गर्न जाने आप्रवासी कामदारहरु प्रभावित बनेका छन् । इटालीले गत साता बंगलादेशबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै बंगलादेशमाथि उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । इटालीमा एक लाखभन्दा धेरै बंगलादेशी नागरिक छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment