सोमालियामा अल–शबाबका सात लडाकू मारिए
सांकेतिक तस्वीर
मोगादिशु (रासस–सिन्ह्वा)। अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारबाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ ।
सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारबाहीमा मारिएका हुन् ।
इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भिषण संघर्ष भएको पनि बताए। सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उनले दाबी गरे।
गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारबाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।
यसैबीच, सोमालियाका आन्तरिक सुरक्षा मन्त्री अब्दिनासिर सइद मुसे एउटा हत्या प्रयासबाट बचेका छन्। राजधानी मोगादिशु बाहिर होडान जिल्लाको भ्रमणका क्रममा सडक किनारामा थापिएको विद्युतीय धरापमा उनको सवारी साधन परेको थियो, तर सुरक्षा निकायहरुले उनी अर्को सवारी साधनमा चढेकाले बाँच्न सफल भएको बताएका छन्। उक्त घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment