कोरोनाभाईरसः अक्सफोर्ड यूनिभर्सिटीले बनाएको खोपको परीक्षण सफल!

डिसी नेपाल
५ साउन २०७७ २०:११
4
Shares

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित देखिएको छ। र यसले मानव शरिरको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गरेको छ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा उक्त खोपबाट उनीहरुको शरिमा कोरोनाभाइरससँग लड्न सक्ने एन्टीबडी र सेता रक्तकोष भेटिएको बीबीसीले उल्लेख गरेको छ।

यसको निष्कर्ष आशाजनक देखिएको छ। तर अझैपनि उक्त खोपले प्रयाप्त सुरक्षा प्रदान गर्छ या गर्दैन भनेर थाहा पाउन समय रहेको बताइएको छ। यो खोपको एक ठूलो परीक्षणको काम चलिरहेको छ।

बेलायतले पहिला नै उक्त खोपको १०० मिलियन डोज अडर गरेको छ। अक्सफोर्डले ChAdOx1 nCoV-19 नामको खोप तीव्र रुपमा परीक्षण गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *