चीनविरुद्ध बेलायतको कडा निर्णय, हङकङसँगको प्रत्यर्पण सन्धि रद्द

डिसी नेपाल
५ साउन २०७७ २२:४०

लण्डन (एजेन्सी)। बेलायतले चीनविरुद्ध कडा निर्णय गर्दै चीनको स्वायत्त क्षेत्र हङकङसँग गरिएको प्रत्यर्पण सन्धि रद्द गरेको छ। बेलायतका विदेशमन्त्री डोमिनिट राबले सोमबार तत्काल लागु हुने गरी अनिश्चितकालका लागि सो सन्धि रद्द गरेको घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राबले सोमबार बेलायती संसदलाई सम्बोधन गर्दै चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै बेलायतले सन्धि रद्द गरेको घोषणा गरेका छन्।

बेलायतको विपक्षी पार्टीले पनि सरकारको यो निर्णयको स्वागत गरेको छ। उता चीनले बेलायतलाई हङकङबारे कुनै पनि निर्णय नगर्न चेतावनी दिँदै आएको थियो। हङकङ आफ्नो आन्तरिक मामिला भन्दै आएको चीनका लागि बेलायतको यो पछिल्लो निर्णयले तप चिढ्याएको छ।

हङकङमा गतवर्षदेखि शुरु भएको आन्दोलनपछि चीनले त्यहाँ नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो। सो कानुनअनुसार विद्यार्थीलाई राजीतिक अधिकारबाट बञ्चित गरिएको छ। तर, कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङमा स्वतन्त्रताका लागि भन्दै प्रदर्शनहरु भइरहेका छन्।

यहीबीचमा बेलायतको यो नयाँ घोषणा आएको हो। सन् १९८९ देखि लागु भएको प्रत्यर्पण सन्धि स्थगित भएसँगै हङकङबाट भागेका चिनियाँ अपराधीलाई बेलायत चीनलाई सुपुर्द गर्न बाध्य हुनेछैन। यसअघि सो सन्धिअनुसार बेलायतले चिनियाँ अपराधीलाई सुपुर्द गर्नुपर्ने प्रावधान थियो।

बेलायतको यो घोषणापछि चीनको पछिल्लो प्रतिक्रिया आइसकेको छैन। तर यसअघि नै बेलायतलाई कुनै त्यस्तो कदम नचाल्न भन्दै कुनै घोषण गरिए दुई देशबीचको सम्बन्धमा चिसोपना आउने चेतावनी दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *