सुलेमानीको सूचना अमेरिकालाई दिने सुराकीलाई मृत्युदण्ड दिइयो

डिसी नेपाल
६ साउन २०७७ ११:४०

काठमाडौं। इरानले आफ्नो रिभोल्युसनली गार्ड कर्प्सका कमाण्डर जनरल कासिम सुलेमानीको गोप्य सूचना अमेरिका र इजरायललाई दिएको अभियोग लागेका एक सुराकीलाई मृत्युदण्ड दिएको छ । इरानको सरकारी टेलिभिजनले सोमबार यसको जानकारी दिएको हो । टेलिभिजनले दोषी मोहम्मद मुसवी मजदलाई मृत्युदण्ड दिइएको जानकारी दिएको छ तर उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलेको छैन ।

गत महिना इरानको न्यायपालिकाले मजदलाई दोषी ठहर गर्दै उनी अमेरिकी गुप्तचर एजेन्सी सीआइए र इजरायली गुप्तचर एजेन्सी मोसादसँग सम्बन्धित भएको बताएको थियो । मजदले नै कासिम सुलेमानीको जानकारी अमेरिका र इजरायललाई दिएको न्यायपालिकाले ठहर गरेको थियो । गएको जनवरी ३ मा इरानी कमाण्डर कासिम सुलेमानीलाई बग्दादमा अमेरिकाले ड्रोन आक्रमण गरेर मारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *