नेपालले ‘वास्तविक अयोध्या’को खोजी थालेसँगै श्रीलंकाले थाल्यो रावणको अध्ययन, भारतमा तरंग

डिसी नेपाल
६ साउन २०७७ १४:०६

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मस्थल ‘वास्तविक अयोध्या’ नेपालमै रहेको दावीसँगै पुरातत्व विभागले पर्साको ठोरीमा अध्ययन सुरु गरेको छ । नेपालले भगवान राम र अयोध्याको विषयमा अध्ययन सुरु गरेसँगै तरंगित भएको भारतमा श्रीलंकाले अर्को तरंग ल्याइदिएको छ । यही समय श्रीलंकाले पनि रावणका विषयमा अध्ययन थालेको छ । श्रीलंकाले रावणलाई हवाइजहाज उडाउने पहिलो व्यक्ति (सम्भवतः पहिलो पाइलट) प्रमाणित गर्नको लागि प्रमाण जुटाउन थालेको छ ।

श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गरेर देशका नागरिकहरुसँग राजा रावण र उनले प्रयोग गर्ने हवाइ मार्गको बारेमा आफूसँग भएका दस्तावेज, ग्रन्थ वा अन्य जानकारी उपलब्ध गराउन भनेको छ । प्राधिकरणले रावणका विषयमा धेरै कथाहरु प्रचलित रहे पनि यिनीहरुको प्रमाणिकता पुष्टि गर्न चाहेको बताएको छ । रावणलाई हिन्दू धर्ममा खलनायकका रुपमा वर्णत गरिएको भए पनि श्रीलंकाको सिंघल बौद्ध समुदायले भने रावणलाई आस्थाको दृष्टिले हेर्छन् । श्रीलंकामा रावणलाई देशका एक विद्वान र बहादुर राजाको रुपमा हेरिन्छ । सिंहल बौद्धको एक समूहले आफूलाई रावणकै सन्तति मान्छन् । श्रीलंकाले आफ्नो पहिलो भू उपग्रहको नाम पनि रावण–१ राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *