ताल फुट्दैन, फुटिहाले मानवीय क्षति हुन दिदैनौंः बाह्रबिसे नगर प्रमुख शेर्पा
काठमाडौं । चीनमा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सजग र सचेत रहन आग्रह गरेका हुन्। डिसी नेपालसँग कुरा गर्दै उनले ताल फुट्ने ग्यारेण्टी नभएको बताए। उनले भने, ‘चीनबाट खबर आएकोले सचेत रहन आग्रह गरेका छौं। तर, ताल फुट्छ नै भन्ने हैन।’
ताल फुटेपनि नेपालको सीमानामा आउन झण्डै एक/डेढ घण्टा लाग्ने बताए। ‘पानी भरिएर आउन सक्छ। ताल फुट्छ भन्ने नै होइन। हामीले सुरक्षाका उपाय अपनाएर बस्न आग्रह गरेका छौं। ताल फुटेर नेपालको सीमाना आउन झण्ड एक/डेढ घण्टा लाग्छ।’
बाह्रबिसे नगरपालिकाका प्रमुख निमयन्जो शेर्पाले प्रभाव पार्न सक्ने स्थानहरुमा पालै पाले ड्युटी गर्ने गरेको बताए। उनले भने, ‘हामी पालै पालो ड्युटी गरी रहेका छौं। त्यस्तो समस्या सृजना हुने बित्तिकै सबैलाई सुरक्षित स्थान तर्फ लैजान्छौं। मानवीय क्षति हुन दिदैनौं।’
नगर प्रमुख शेर्पा पनि ताल फुट्ने कुरामा विश्वास नलागेको बताउँछन्। ‘त्यो ताल फुट्ने त हैन। तर, सुरक्षित हुनै पर्छ।’ उनले भने, ‘म त्यो ठाउँमा गएको पनि छु। मैले आफ्नै आँखाले ताल देखेर आएको छु। पानी भरिएर आउन सक्छ तर, ताल फुट्दैन।’
यसअघि पनि यस्ता समाचार बाहिरिएको उनको अनुभव छ। ‘पहिला पनि ताल फुट्छ भनेर भन्थे’ शेर्पाले भने, ‘तर, प्रमुखको नाताले पूर्व तयारी गर्नु मेरो धर्म हो मैले गरेको छु। मानवीय क्षति हुन दिदैनौं।’उनका अनुसार, बाह्रविसेका ४०/४५ घर, खुर्सानी बारीका २०/२५ घर भोटेकोशीको चाँगु, तातोपानी लगाएतका स्थानहरु बढी जोखिम पूर्ण रहेका छन्।
No ads found for this position




Facebook Comment