चौँथो नासो विज्ञानमा महिला पुरस्कारको आवेदन खुला
काठमाडौं । चौँथो नासो विज्ञानमा महिला पुरस्कार २०२० को आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
सन् २०१७ देखि व्यावसायिक तथा विद्यार्थी गरी दुई विधामा प्रदान गरिँदै आएको यो पुरस्कारका लागि विश्वविद्यालयमा अध्ययनरत वा विश्वविद्यालय शिक्षा पूरा गरी व्यावसायिकरुपमा विज्ञान, प्रविधि, इञ्जिनीयरिङ तथा गणितको क्षेत्रमा देश वा विदेशमा रही सक्रिय भूमिका निर्वाह गरिरहेका नेपाली महिलाले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
आवेदन फारम www.nepalastronomicalsociety.org/wian मा उपलब्ध रहेको सोसाइटीले जनाएको छ । आवेदन भदौ ७ सम्म दिने सकिने जनाइएको छ । आवेदन दिइ छनोटमा पर्नेमध्ये व्यावसायिक विधातर्फ नगद रु २५ हजार र विद्यार्थीतर्फ रु १५ हजारका साथै प्रमाणपत्र र ट्रफी पुरस्कारस्वरुप प्रदान गरिने जनाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment