जसले जीवत हुँदा हजारौंलाई बचाए र मरेपछि ८ जनालाई जीवन दिए

डिसी नेपाल
७ साउन २०७७ २२:०७

काठमाडौं। केहि मानिसहरु आफ्नो जीवनमा यति धेरै ईतिहास, आफ्नो मृत्युपछि बनाउँछन्। २७ बर्षे अनुजित पनि त्यस्तै व्यक्ति थिए। कोरोना संकटको क्रममा आफ्नो जागिर गुमाएका अनुजितले अर्को जागिर खोजिरहेका थिए तर यसै बीच उनको मृत्यु भयो।

अनुजित (उनको पहिलो नाम मात्र उल्लेख गरिएको छ), उनलाई केरलामा गत हप्ता दुर्घटना पछि मस्तिष्क मृत घोषित गरिएको थियो। उनी मार्केटिंगको कामका लागि केरला जाँदै थिए। बिहीबार, अनुजीतको परिवार उनको एक इच्छा पूरा गर्न गइरहेको छ – अंग दानको इच्छा।

अनुजितको दुई कोर्निया, मुटु, दुई मिर्गौला, सानो आन्द्रा र हातहरू दान दिइनेछ। यससँगै, आठजनाले नयाँ जीवन पाउनेछन्।

१० वर्ष अघि अनुजितको जीवनसँग सम्बन्धित एउटा असाधारण किस्सा छ। १० बर्ष अघि एउटा ठूलो रेल दुर्घटना टलियो। उनकै कारण हजारौं यात्रुको ज्यान बचाउन सकियो।

रेल दुर्घटनालाई रोक्न, अनुजित रेलवे ट्रयाकमा दौडे र पुस्तकको रातो झोला फहराए। जब यो सबै भयो, त्यस समयमा (सेप्टेम्बर १, २०१०) अनुजित १७ वर्षको मात्र थिए। उनी त्यसबेला एक औद्योगिक प्रशिक्षण संस्थानमा अध्ययन गर्दै थिए।

अनुजित र उनका साथीहरूले कोट्टारक्करा (केरला) नजिक रेलको ट्र्याकमा एउटा क्र्याक देखे। यो देखेर, अनुजित आफ्नो जीवनको कुनै वास्ता गरेनन् र रातो झोलाहरू लहरै बनाएर रेलको ट्र्याकमा दगुरे। जसका कारण रेल रोकियो र दुर्घटनाबाट जोगियो।

केरला राज्यकी स्वास्थ्य मंत्री केके शैलजाले एक विज्ञप्तिमा भनेकी थिइन, ‘जब म अनुजितलाई सम्झन्छु, म त्यो अनुहार सम्झन्छु जसले हजारौंको ज्यान बचायो र अब उनी मरेपछि पनि आठजनाको बीचमा बाँच्नेछन्।’

अनुजितको हात, सानो आन्द्रा र मुटुलाई ट्रान्सप्लान्टका लागि हेलिकप्टरबाट कोच्चि अस्पताल पठाइएको थियो। बाँकी अंशहरू केरला ईन्स्टिच्युट मेडिकल साइन्सेजका बिरामीहरूका लागि प्रयोग गरिएको थियो। केरलाका मुख्यमंत्री पिनाराय विजयनले मंगलावर ती अंगहसकेसम्म चाँडो हेलिकप्टरबाट ढुवानी गर्ने आदेश दिए।

अनुजितसँगै, एर्नाकुलमका केल्भिन जोयले पनि आठजनालाई नयाँ जीवन दिएका छन्। शनिबार दिमागमा रक्तस्राव पछि, क्याल्भिन यस संसारमा बाँचेनन् तर उनको परिवारले उनको दुई कोर्निया, मुटु, दुई मिर्गौला, साना आन्द्रा, दुवै हात र कलेजो दान गर्ने निर्णय गरे। (बीबीसी हिन्दीको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *