एसिड प्रहार गरेको आरोपमा भारतीय नागरिकसहित दुई जना पक्राउ

डिसी नेपाल
९ साउन २०७७ ८:२१

काठमाडौं। काठमाडौको बाफलमा एक जना युवतीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले राति नै दुईलाई पक्राउ गरेको छ। रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन्।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको प्रहरीको दावी छ। बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

महानगरीय प्रहरी अपराध महशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुवीच क्यासिनोमा काम गर्ने क्रममा चिनजान हुँदा भारतीय नागरिकले पवित्रालाई मन पराएको र उनले नमानेपछि एसिड प्रहार गर्न लगाएको प्रारम्भिक बयानमा खुलेको छ। उनीहरुमाथि थप अनुसन्धान हुँदै गरेको पनि एसएसपी थापाले बताए।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो। उनीहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई एसिड प्रहार गरेको तीन घण्टामै पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *