चीनले अमेरिकालाई छेङ्दुको कन्सुलेट कार्यालय बन्द गर्न आदेश दियो

डिसी नेपाल
९ साउन २०७७ १०:४६

काठमाडौं। चीनको विदेश मन्त्रालयले शुक्रबार चीनको दक्षिण पश्चिमी शहर छेङ्दुमा रहेको अमेरिकी कन्सुलेट कार्यालयको अनुमतिपत्र खारेज गनर्ने बताएको छ । एक अनलाइन वक्तव्यमा मन्त्रालयले अमेरिकी कन्सुलेट जनरललाई सबै काम बन्द गर्न आदेश पनि दिएको छ । यो आदेश ७२ घण्टे हो । चिनियाँ भाषामा जारी भएको र अमेरिकाको सीएनबीसी न्यूजले अनुवाद गरेको अनलाइन वक्तव्यमा भनिएको छ ‘चीन र अमेरिकाबीचको वर्तमान परिस्थिति तीमध्येको एक अवस्था हो जुन चीनले देख्न चाहँदैन ।’

वक्तव्यमा अगाडि भनिएको छ ‘अब सबै जिम्मेवारी अमेरिकाले लिनुपर्छ । हामी फेरि पनि अमेरिकालाई चीन–अमेरिकाबीच आवश्यक परिस्थिति सृजना गर्न र सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन उसका भर्खरैका गलत निर्णयहरु खारेज गर्न आग्रह गर्दछौं ।’ यो घोषणा अमेरिकाले चीनलाई ह्युस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गर्न आदेश दिएसँगै आएको हो । चीनमा रहेको यो कन्सुलेट चीनमा भएका ५ कन्सुलेटहरुमध्ये एक हो । यसबाहेक बेइजिङमा अमेरिकी दूतावास पनि छ । यो कन्सुलेटमा कार्यरत करिब २ सय कर्मचारीहरुमध्ये तीन चौथाइ चिनियाँ भएको कन्सुलेटको वेबसाइटमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *