गजल

डिसी नेपाल
१० साउन २०७७ ९:१०

एक नेपाली हुनुमा म स्वाभीमानी छ भनिदिन्छु
देशको लागि परिआए प्राण दिने बानी छ भनिदिन्छु !

कहॉं छ देश भनि कसैले प्रश्न मलाई उठाउँदा
दिल भित्र मुटुको कुनाकाप्चामानी छ भनिदिन्छु !

जो जसले गरीब र निमूखा भनेर हेला गरेपनि
स्वस्थबर्धक खाना ढिँडो गुन्द्रुकको खानी छ भनिदिन्छु !

आफ्नो देशको जमिन एक इन्च नी छोड्नु हुँदैन
जहॉं हाम्रो पूर्खाको पसीना र लगानी छ भनिदिन्छु !

आइ लाग्ने लाई जाई लाग्नै पर्छ भन्ने बिचार राखी
प्राण प्यारो देश मेरो ऑंखाको नानी छ भनिदिन्छु !

सुमन शर्मा
(परदेश)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *