पहिरोले थुनिएको नौली खोला खुल्न थाल्यो

डिसी नेपाल
१० साउन २०७७ ९:३८

गोरखा । जिल्लाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा गएको पहिरोले थुनेको नौली खोला खुल्न थालेको छ । शुक्रबार रातिदेखि आएको पहिरोले थुनेको खोला खुल्न थालेको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ (सन्तोष)ले जानकारी दिए।

‘हिजो राति ११ बजेदेखि नै खोला थुनिएको थियो,’ अध्यक्ष गुरुङले भने, ‘ करिव ९ घण्टा खोला बन्द भयो र अहिले विस्तारै खुल्न थालेको छ। वस्ती जोखिम ट¥यो अब।’

खोला खुलेपनि पहिरो भने नरोकिएको गुरुङले जानकारी दिए। उनले भने, ‘खोला खुल्यो। तर, पहिरो रोकिएको छैन्। जे होस खोला आफै विस्तारै खुल्दै भएकाले जोखिम त्यति देखिदैन।’

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्म करिव ८० घरधुरी जोखिममा थिए।
जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको र खोला खुलेकाले जोखिम टरेको वडा नं. ७ का वडाअध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए।
उनले भने, ‘पहिरोको माथि ठुलो ढुङ्गा रहेको र खेसेमा खोला पुनः थुनिने खतरा छ। तर, त्यो पनि अलि सम्भावना कम छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *