ब्राजिलका राष्ट्रपति बोलसोनारोको कोरोना परीक्षण रिपोर्टं नेगेटिभ
रियो (एजेन्सी)। ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन्। उनले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएका हुन्। यसअघि दुई पटकसम्म उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।
बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लू भन्दै आएका छन्। विश्वमा अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्। ब्राजिलमा हालसम्म २ लाखभन्दा धरै संक्रमित भएका छन् भने ८५ हजार भन्दा धेरैको मृत्यु भएको छ। तर, बोलसोनारो भने देशमा लकडाउनको पनि विरोध गरिरहेका छन्। लकडाउन गर्ने गर्भनर र मेयरको उनले आलोचना गर्दै आएका छन्।
– RT-PCR para Sars-Cov 2: negativo.
– BOM DIA A TODOS. pic.twitter.com/CkdV59yGXP— Jair M. Bolsonaro (@jairbolsonaro) July 25, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment