क्यानाडामा कोभिड–१९ सङ्क्रमितमध्ये बहुमत युवाहरू

डिसी नेपाल
१२ साउन २०७७ २१:१५

मन्ट्रियल (रासस/एएफपी)। क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४।४ प्रतिशत र १३।८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ ।

युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।

गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार ३९ वर्षमूनिका ६३ प्रतिशत सङ्क्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।

गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ सङ्क्रमित विरामी भेटिएका थिए ।

क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्वन गर्न आग्रह गरेका छन्। उनले भने, “खोपको अभावमा कोभिड–१९को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।”
पछिल्लो तथ्याङ्क अनुसार क्यानडामा एक लाख १३ हजार ८०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको सङ्क्रमणपछि मृत्यु भएको छ ।

क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक शहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएको छ, मा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *