नबिल बैंकद्वारा स्क्यान एन्ड विथ ड्र सेवा सुरु

डिसी नेपाल
१४ साउन २०७७ १०:५६

काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले ‘स्क्यान एन्ड विथ ड्र’ सुविधाको सुरुवात गरेको छ।

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड विथ ड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाखसम्मको रकम झिक्न सकिने बैंकले जनाएको छ। बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखामा उपलब्ध गराउने जनाएको छ।

नयाँ सेवाको सुरुवातको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहकले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ।’

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धतीमार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ।

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नु पर्नेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्पmत नबिल बैंकका ग्राहक महान’भावहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११८ शाखा र १७८ एटिएम काउण्टर छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ।.साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकको उच्च सन्तुष्टी प्रदान गर्ने तर्पm केन्द्रित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *