काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१५ साउन २०७७ १७:०१

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका ३ जिल्लामा ४५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आज काठमाडौंमा ४१ जना, ललितपुर र भक्तपुरमा २/२ जनामा कोरोना भेटिएको छ। उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भनेर खुलाइएको छैन। बुधबार उपत्यकामा १५ जनामा कोरोना भेटिएको थियो।

बिहिबार नेपालमा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *