सामाजिक दूरी कायम गर्न नसक्दा सयौं ट्राफिक क्वारेन्टाइनमा

डिसी नेपाल
१८ साउन २०७७ ९:४५

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ। कोरोना संक्रमणको जोखिम बढिरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना काेराेना संक्रमण देखिएपछि एसएसपी ढकालसहित ३७५ जनालाइ क्वारेन्टाइनमा राखिएकाे हाे।

दुइ जनामा संक्रमण र देखिएपछि  महाशाखालाई सिल गरिएको छ। अहिले एसएसपी ढकालसहित ३७५ जना ट्राफिक प्रहरी महाशाखाभित्र क्वारेन्टाइनमा रहेका छन्। यसअघि प्रहरी प्रधान कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो।

कार्यक्षेत्रमा खट्ने ट्राफिक प्रहरीले सामाजिक दूरी कायम गर्न नसक्दा संक्रमण भएको बताएको छ। ‘हामीहरु ३७५ जना ट्राफिक प्रहरी अहिले महाशाखाभित्र क्वारेन्टाइनमा छौं,’ नाम उल्लेख नगर्नेसर्तमा एक अधिकृतले भने, ‘शुक्रबार दुई जनामा कोरोना संक्रमण देखिएको थियो। दुई जनालाई अस्पताल भर्ना गरेकाछौं। बाँकी सबै जना महाशाखाभित्रै क्वारेन्टाइनमा बसेका छौं।’ केही दिनभत्रै सबैकाे स्वाव संकलन गरिने बताइएकाे छ।

ठूलो संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइमा बसेपछि  अन्य यूनिटबाट ट्राफिकलाई ल्याएर काममा लगाउने काम भएको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *