लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि

डिसी नेपाल
१८ साउन २०७७ १७:१९

काठमाडौं । सरकारले लकडाउन खोलेसँगै नेपालमा कोरोना संक्रमतिको संख्यामा वृद्धि भएको छ। नेपालमा लकडाउन खुलेपछि गएको एक सातामा १ हजार भन्दा बढीमा कोरोना संक्रमित देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको एक सातामा एक हजार २ सय ६९ जनामा कोरोना संक्रमित देखिएको हो।

गएको साउन १२ गतेबाट कोराना संक्रमितदर हेर्दा कोरोना अघिल्लो तुलनामा कोरोना संक्रमितदर बढेको पाइएको छ। गएको साउन १२ गते देशैभर एकसय ३९ जनालाई कोरोना संक्रमण देखिएको थियो । साउन १३ गते ३११ कोरोनामा पुष्टि भएको थियो । साउन १४ गते २१० जनालाई कोरोना देखिएको थियो भने साउन १५ गते २७४ जनामा कोरोना देखिएको थियो । स्वाथ्य मन्त्रालयको विवरण अनुसार साउन १६ गते २२४ जनामा कोरोना पृष्टि भएको थियो। जनस्वाथ्य मन्त्रालयले साउन १७ गते ३१५ जनामा कोराना पुष्टि भएको थियो ।

त्यस्तै जनस्वाथ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानाकारी आइतबार साउन १८ गते देशैभरी २४६ जनामा कोरोना संक्रमित थपिएका छन। डाक्टर गौतमका अनुसार अघिल्लो तुलनामा कोरोना संक्रमित बढेदै गएको छ । हालसम्म नेपालमा २० हजार ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। लकडाउन खुकुलो भएयता कोरोना संक्रमित हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा संक्रमितको संख्यामा वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार लकडाउन खुकुलो भएपछिको ११ दिनमा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये पछिल्लो पाँच दिनमा मात्रै एक हजार तीन सय जनाभन्दा बढी सङ्क्रमित भएका छन् । लकडाउन खुकुलो हुनुअघिको ११ दिनमा सङ्क्रमित हुने एक हजार ३४५ रहेको थियो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले परीक्षणको दायरा बढेकोले समेत सङ्क्रमित बढी भएको जानकारी दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बास्तोलाले कोरोना बढ्नुको प्रमुख कारण नागरिक सचेत नहुनु भएको बताएका छन। अब कोरोनाको जोखिमबाट बच्न नागरिक आफै सचेत हुनुको विकल्प नरहेको उनले बताए।‘कोरोना रोकथामका लागी नाागरिक सचेत हुनुबाहेक अन्य विकल्प छैन त्यसकारण कसरी हुन्छ,नागरिक आफु बच्न तर्फ लाग्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *