ट्रम्पद्वारा भारतको कडा आलोचना

डिसी नेपाल
२० साउन २०७७ २१:१९

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना विरुद्धको लडाईमा भारतले अपनाएको रवैयाको आलोचना गरेका छन्।

उनले भारतमा कोरोना महामारि भयाभव बनेको भन्दै भारत कोरोनाविरुद्धको लडाईँ असफल भएको बताएका छन्।

केहीदिन पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अन्तर्राष्ट्रिय मञ्चमा भर्चुअल सम्बोधन गर्दै भारतमा कोरोनाविरुद्ध जनआन्दोलन भएको र कोरोना नियन्त्रण गरिएको दावी गरेका थिए। तर, भारतमा पछिल्ला दिनहरुमा हरेक दिन ५० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्ने गरेका छन्। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाखभन्दा माथि पुगेको छ।

उता अमेरिकामा हालसम्म करिब ४७ लाख मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन्। तर, ट्रम्पले संसारका ठूला देशहरु मध्ये अमेरिकामा कोरोना विरुद्धको लडाईँ राम्रो भएको बताएका छन्। तर, भारत र चीन फेरि कोरोना संक्रमण देखिएको बताएका छन्।

उनले अमेरिकामा ६ करोड मानिसको कोरोना परीक्षण गरिएको जनाएका छन्। उनले संसारका अन्य देश यसको पासपास पनि भएको बताएका छन्। उनले भ्याक्सिनको विषयमा पनि अमेरिकाले प्रगति गरिरहेको बताएका छन्। उनले कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकको सुरक्षाका लागि सोच्नुपर्ने समेत बताएका छन्। उनले कोरोना एक नदेखिने शत्रु भएको भन्दै यो पटक पटक दोहारिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *