लेबनानको राजधानी बेरुतमा भयंकर विस्फोट (भिडियाे)

डिसी नेपाल
२० साउन २०७७ २२:४५

काठमाडौं । लेबनानको राजधानी बेरुत नजिकै ठूलो विस्फोट भएको छ। सन २००५ मा हत्या गरिएका पूर्व प्रधानमन्त्री रफीक हरीरीको मुद्दाको फैसला हुनभन्दा अगाडि शहरमा विस्फोट भएको बीबीसीले जनाएको छ।

रिपोर्टका अनुसार विस्फोट शहरको बंदरगाह क्षेत्रमा भएको थियो। यस्तै उक्त क्षेत्रमा दोस्रो विस्फोट भएको अपुष्ट खबरहरु पनि बाहिरिएको छ। सामाजिका सञ्जालमा शेयर गरिएको भिडियोमा भयानक विस्फोट भएको दखिएको छ। उक्त विस्फोटमा कैयौं व्यक्तिहरु हताहत भएको बताइएको छ। यस्तै घाइतेहरुलाई अस्पताल लगिएको छ।

भयानक विस्फोट कसरी भयो भन्ने जानकारी बाहिर आएको छैन। रिपोर्टका अनुसार उक्त क्षेत्रमा स्वचालित बम विस्फोट भएको थियो। सन २००५ मा हरीरीको हत्याको आरोपमा राष्ट्रसंघको एक न्यायाधिकरण विभागले ४ जनालाई सजाय सुनाउँदै छ। ती चारैजना इरानी समर्थित हिजबुल्लाह समूहका सदस्य हुन्। उनीहरुले हरीरीको हत्यासँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन्। फैसला शुक्रबार  हुँदै थियो।


सम्भावित दोस्रो विस्फोट हरीरी निवासमा भएकाे बताइएको छ। दोस्रो विस्फोट झनै ठूलो भएको बताइएको छ। लेबनानका स्वास्थ्य मन्त्रीले उक्त विस्फोटमा व्यापक क्षति भएकाे बताएका छन्। हालैका दिनमा लेबननमा सरकारले सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयताको सबभन्दा खराब आर्थिक सङ्कटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सडक प्रदर्शन भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *