लेबनान विस्फोटमा कम्तिमा २५ मारिए, २५ सय घाइते, राष्ट्रिय शोकको घोषणा

डिसी नेपाल
२१ साउन २०७७ १:४६

बेरुत (एजेन्सी)। लेबनानको राजधानी बेरुतमा मंगलबार विशाल धमाका भएको छ। बेरुतको तटीय क्षेत्रमा विनाशकारी विस्फोट भएको भिडियो सार्वजनिक भएको छ। कैयौं किलोमिटरसम्म सो विस्फोटले क्षति गरेको छ।

लेबनानका स्वास्थ्यमन्त्रीहरुले हालसम्म कम्तिमा २५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले अन्य २५ सय मानिस घाइते भएको बताएका छन्। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

विस्फोटको भिडियोमा शुरुमा आगो लागेको र धुवाँ उडेको देखिन्छ। त्यसको केहीसयमै विनाशकारी विस्फोट हुन्छ। जसले सबै तहसनस पारिदिन्छ। बेलबानका राष्ट्रपतिले बुधबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।

यो कुनै नियोजित आक्रमण हो वा कुनै दुर्घटना भन्ने विषयमा केही स्पष्ट हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

लेबनानका केही स्थानीय सञ्चार माध्यमहरुले यो दुर्घटना हुनसक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ।

यो विस्फोटमा २००५ मा यस्तै प्रकारको आक्रमण मारिएका तत्कालीन प्रधानमन्त्रीको हत्या आरोपबारे हेग अदालतले फैसला सुनाउने तयारी गरेको बेला भएको छ। हेग अदालतले आगामी शुक्रबार फैसला सुनाउने तयारी गरेको जनाइएको छ। सो हत्या आरोपमा हिज्बुल्लाका ५ जना इरानीलाई दोषी मानिएको छ। तर, हिज्बुल्लाले भने सो हत्यामा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ।

उता सीमा क्षेत्रमा इजरायल र लेबनानबीच पनि संघर्ष भएको जनाइएको छ। हाल लेबनानको आर्थिक अवस्था पनि निकै कमजोर बनेको र त्यहाँ सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। मंगलबारको विस्फोटले त्यहाा ठूलो जनधनको क्षति भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *