यो कारणले भएको हो बेरुतमा भयानक विस्फोट

डिसी नेपाल
२१ साउन २०७७ १०:५६

बेरुत (बीबीसी)। लेबनानको राजधानी बेरूतमा शक्तिशाली विस्फोटमा कम्तिमा पनि ७८ जनाको मृत्यु भएको छ भने चार हजार भन्दा धेरै घाइते भएका छन्।

विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) भण्डार गरिराखेको गोमादमा विस्फोट हुँदा ठूलो क्षति भएको हो। उक्त गोदाममा विगत छ बर्षदेखि जफत गरिएको बिस्फोटक पदार्थ राखिएको थियो।

लेबनानका प्रधानमन्त्री हसन दियाबले उक्त गोदमलाई ‘खतरनाक गोदाम’ को रूपमा वर्णन गरका छन् जुन २०१४ मा बनाइएको थियो। उनले यसलाई एक भयावह घटना भनेका छन् र जिम्मेवार मानिसलाई उन्मुक्ति नदिने बताएका छन्।

लेबनानका राष्ट्रपति मिशेल अउनले भनेका छन्–२ हजार ७५० टम अमोनियम नाइट्रेट असुरक्षित राख्ने विषय स्वीकार्य हुन सक्दैन।’
विस्फोट यति शक्तिशाली थियो त्यसको आवाज २४० किलो मिटर टाढा साइप्रससम्म सुनिएको थियो।

लेबनानका राष्ट्रपतिले यो विस्फोट असावधानीले भएको भन्दै यसमा जिम्मेवार रहेकाहरुमाथि कारबाही गरिने बताएका छन्। अति प्रज्वनशील केमिकल अमोनियम नाइट्रेट भण्डारका लागि विशेष सुरक्षा अपनाउनुपर्ने हुन्छ।

अमोनियम नाइट्रेट भण्डार गर्ने गोदामलाई आगोबाट निकै सुक्षित राख्नुपर्ने हुन्छ। र फायर प्रुफ भवन हुनुपर्छ। त्यस्तै त्यहाँ कुनै पाइप र ढल पनि हुनुहुँदैन। अमोनियम नाइट्रेटमा आगो लागे परमाणु बम जतिकै शक्तिशाली विस्फोट हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *