यौन हिंसाबारे बनेको नेटफ्लिक्स डकुमेन्ट्रीकी मुख्य पात्रले अन्ततः जीवनदेखि हारिन्
काठमाडौं। नेटफ्लिक्स डकुमेन्ट्री आौडी एण्ड डेजीकी मुख्य पात्र डेजी कोलम्यानले आत्महत्या गरेकी छिन् । डेजी यौनहिंसा पीडित हुन् र उनको संघर्षको कथालाई नै उक्त डकुमेन्टीमा समेटिएको थियो । उनले मंगलबार आत्महत्या गरेको उनकी आमाले फेसबुकमार्फत पुष्टि गरेकी छिन् । डेजी २३ वर्षकी थिइन् ।
‘उनी मेरो नजिकको साथी र अद्भूत छोरी थिइन्’ डेजीकी आमा मेलिण्डा मोलेर कोलम्यानले फेसबुकमा लेखेकी छिन् । २३ वर्षीय डेजी यौन हिंसाको पीडित हुन्। सन् उनी १४ वर्षको हुँदा उनको बलात्कार भएको थियो। मिसौरीको म्यारीभिलामा एक पार्टी सकिए पछि उनलाई रक्सी खुवाएर उनीविरुद्ध दुर्व्यवहार गरिएको थियो।
डेजीको बलात्कार देशव्यापी आन्दोलनको मुद्दा बनेको थियो। उनी स्वयंले घटना सार्वजनिक गरेकी थिइन्। १७ वर्षीय म्याथिउ बार्नेटविरुद्ध उजुरी दिएकी थिइन्। तर, किशोरावस्थामा रहेका आरोपित पीडकविरुद्धको उजुरी केही समयमै खारेज भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment